
काठमाडौं : चिनियाँ उद्यमी तथा धनाढ्य ज्याक मा नेपाल आएका छन्। उनी मंगलबार विशेष विमानमार्फ नेपाल उत्रिएका हुन्।
ज्याक मा चर्चित इ-कमर्स कम्पनी अलिबाबाका संस्थापक हुन्। अलिबाबाको स्वामित्व नेपाली इ-कमर्स कम्पनी दराजमा समेत छ।
उनी नेपाल के प्रयोजनका लागि आएका हुन् भन्ने खुलेको छैन। ज्याक मा तीन दिन नेपालमा रहने छन्।