PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पाकिस्तानलाई पराजित गर्दै सान्तवना जित बोकेर घर फर्किँदै नेपाली टोली



पहिलोपोस्ट

पाकिस्तानलाई पराजित गर्दै सान्तवना जित बोकेर घर फर्किँदै नेपाली टोली

काठमाडौं : भारतमा जारी साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। नेपालले पाकिस्तानलाई १-० गोलले पराजित गरेको हो। नेपालको जित सुनिश्चित गर्न खेलको ८० औं मिनेटमा आशिष चौधरीले गोल गरेका हुन्।

समूह ‘ए’मा आफ्ना सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै सेमिफाइनलको होडबाट यी दुवै टोली बाहिरिसकेका छन्।

नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। अर्कोतर्फ पाकिस्तान आफ्नो पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग समान ४-० गोलअन्तरले पराजित भएको थियो।

अन्तिम खेलमा सान्त्वना जित निकाल्दै नेपाल अब घर फर्कनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell