PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कांग्रेसले थाल्यो अनलाइनबाटै सदस्यता दिन, शुल्क २० रुपैयाँ



पहिलोपोस्ट

कांग्रेसले थाल्यो अनलाइनबाटै सदस्यता दिन, शुल्क २० रुपैयाँ

काठमाडौं : नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता प्रदान शुरु गरेको छ। बुधवार पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री गगन थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

'नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता प्रदान गर्न शुरु गरेको छ। अब कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेबसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन

सकिनेछ,' बैठकपछि कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नयाँ सदस्यता लिन वा नवीकरण गर्न २० रुपैयाँ लाग्ने कांग्रेसले जनाएको छ। सदस्यता लिन नागरिकता र फोटो अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ। सदस्यता फारम भरिसकेपछि यसबारेको जानकारी मोबाइलमा म्यासेजमार्फत प्राप्त हुनेछ। 'यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरि अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ,' विज्ञप्तिमा भनिएको छ।

यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell