PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ललिता निवास प्रकरणमा समातिएका तीन कर्मचारी किन भए रिहा?



पहिलोपोस्ट

ललिता निवास प्रकरणमा समातिएका तीन कर्मचारी किन भए रिहा?

काठमाडौंः ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारीलाई प्रहरीले रिहा गरेको छ। बोलाएको समयमा उपस्थित हुनेगरी तीन जनालाई प्रहरीले हिरासतमुक्त गरेको हो। उक्त प्रकरणमा सर्वोच्च अदालतबाट हिरासतबाहिर रहेर नै अनुसन्धान गर्न आदेश भएको पाइएको भन्दै प्रहरीले तीन जनालाई कागज गरेर रिहा गरेको हो।

प्रहरीका अनुसार कलाधर देउजा, हुपेन्द्रमणि केसी र  सुरेनद्रमान कपालीलाई रिहा गरिएको छ। तीनै जना मालतोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारी हुन्। देउजा सहसचिव र केसी र कपाली उपसचिव हुन्। अन्य चार जनालाई भने प्रहरी नियन्त्रणमा हिरासतमा नै राखेको छ।

पक्राउ परेर हिरासतमा रहेकालाई प्रहरीले बुधबार अदालत पेस गर्ने तयारी गरेको छ।

ललिता निवास प्रकरणमा निर्वाचन आयोगका पूर्व आयुक्त सुधीकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत सात जनालाइ प्रहरीले मंगलबार पक्राउ गरेको थियो। केही आरोपितलाई भने यसअघि नै उक्त प्रकरणमा मुद्दा समेत चलाइसकेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell