PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

ग्रीनकार्ड होल्डरले ५० लाख दाइजो मागेपछि काठमाडौंमा मण्डपबाटै समातिए दुलहा, पाँच दिनको हिरासत यात्रा



पहिलोपोस्ट

ग्रीनकार्ड होल्डरले ५० लाख दाइजो मागेपछि काठमाडौंमा मण्डपबाटै समातिए दुलहा, पाँच दिनको हिरासत यात्रा
तस्विर घटनासँग सम्बन्धित छैन।

काठमाडौंः काठमाडौंको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन्। मंगलबार दिउँसो २ बजे नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुलालाई प्रहरीले पक्राउ गरेको हो। सुनसरी घर भएका ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरेको हो। उनी अमेरिकाको ग्रीन कार्ड होल्डर हुन्।

बेहुला पक्षले मागेको दाइजो नपाएको भनी दुई पक्षबीच विवाद भएको सूचनाका आधारमा प्रहरीले रौनियारलाई पक्राउ गरेको हो। ५० लाख रुपैयाँ दाइजो नपाए विवाह नगर्ने अडान बेहुला पक्षले लिएपछि घटना प्रहरीसमक्ष पुगेको हो।  

मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेइज्जती गरेको आरोप केटी पक्षको छ। 

विवाह खर्च बापत केटा पक्षले पटकपटक गरी २२ लाख रुपैयाँ बुझिसकेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

रौनियारलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell