PahiloPost

Sep 25, 2025 | ९ असोज २०८२

मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुला, यसवर्ष विवाहित पनि सहभागी हुन पाउने



पहिलोपोस्ट

मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुला, यसवर्ष विवाहित पनि सहभागी हुन पाउने

काठमाडौं : ‘मिस युनिभर्स नेपाल २०२३’को लागि आवेदन खुला गरिएको छ। मिस युनिभर्स नेपालले अफिसियल फेसबुक पेजमार्फत चौथो संस्करणका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो।

प्रतियोगितामा सहभागी हुन चाहने महिलाहरुले मिस युनिभर्स नेपालको वेबसाइट र खल्ती एपमार्फत आवेदन दिन सक्नेछन्। १८ वर्षदेखि २८ वर्षसम्मका जुनसुकै महिलाले पनि प्रतियोगितमा सहभागी हुन पाउने नियम छ।

यसवर्ष विवाहित महिलाहरुले पनि प्रतियोगितामा सहभागी हुन पाउने उमङ्ग क्रिएशन प्रालिका निर्देशक उद्धव अधिकारीले जानकारी दिए।

‘यसवर्ष विवाहित महिलाहरुले पनि सहभागी हुने पाउनेछन्। सम्बन्ध विच्छेददेखि गर्भवती र एकल महिलाले पनि आवेदन दिन सक्नेछन्। नयाँ संस्करणको बाँकी जानकारी कार्यक्रममार्फत दिनेछौँ,' उनले भने।

त्यसैगरी, गैरआवासिय नेपाली र समलैङ्गिक महिलाले पनि प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रतियोगितामा तौलको मापदण्ड राखिएको छैन।

प्रतियोगिताको फ्रेन्चाइज नेपालमा उमङ्ग क्रिएशन प्रालिले भित्र्याएको हो। सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व नग्मा श्रेष्ठले गरेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell