PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु सडकमा

अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु सडकमा

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन्। अतिरिक्त हुलाकका कर्मचारीहरु सरकारको निर्णयविरुद्ध बुधवार सडकमा उत्रिएका हुन्।

उनीहरुले बबरमहलदेखि माइतीघर हुँदै पुनः बबरमहलसम्म प्रदर्शन गरेका छन्। सो क्रममा प्रदर्शनमा सहभागीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए।

त्यस्तै, उनीहरुले ‘अतिरिक्त हुलाक कर्मचारीहरुको रोजगारी खोस्न पाइँदैन’, ‘हुलाकको संरचना खारेज होइन यसको सेवा पुनःसंरचना गर’ लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।

त्यसैगरी, राजीनामा दिई सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सुविधा सुनिश्चित गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ। सरकारको निर्णयबाट १० हजार ८८३ जनाको रोजगारी खोसिएको उनीहरुले बताएका छन्।

३०-४० वर्षदेखि अतिरिक्त हुलाकमा कार्यरतहरुलाई स्थायी नगरिएको भन्दै उनीहरुले कम पारिश्रमिकमा काम गर्दै आएको गुनासो गरे। प्रदर्शनमा विभिन्न जिल्लाका कर्मचारीहरु सहभागी थिए।



ट्रेन्डिङ पोस्ट

Ncell