काठमाडौं : प्रहरीले ललिता निवास प्रकरणका आरोपीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) हेडक्वाटरबाट सिधै जिल्ला अदालत काठमाडौंतिर लगेको छ। मंगलवार पक्राउ पर्नासाथ अस्पताल भर्ना भएका आरोपीहरु रातो बोलेरोमा सीआईबी ल्याइएको थियो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जना सीआईबी आइपुग्नसाथ प्रहरीको भ्यानमा जिल्ला अदालत काठमाडौं लगिएको हो। अस्पताल भर्ना भएका उनीहरुको हातमा सलाइन पानीसमेत जोडिएको देख्न सकिन्थ्यो।