PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

संसदमा बहसको स्तर खस्केको प्रधानमन्त्रीको दाबी : मुर्रा राँगो कि भैँसी भन्‍ने विवादमै समय खेर



पहिलोपोस्ट

संसदमा बहसको स्तर खस्केको प्रधानमन्त्रीको दाबी : मुर्रा राँगो कि भैँसी भन्‍ने विवादमै समय खेर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा बहसको स्तर खस्केको दाबी गरेका छन्। बुधवार सरकारको ६ महिने उपलब्धि सार्वजनिक गर्दै प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले उक्त भनाइ राखेका हुन्।

‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ। चौतर्फी अविश्‍वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ,’ दाहालले भने।

उनले आफ्नो नेतृत्वमा भारत भ्रमणका क्रममा ऐतिहासिक ‘ब्रेक थ्रु’ हुँदा मुर्राकै विषयमा चर्चा गरेर समय सकाएको गुनासो गरे।

‘संसद्सँग पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल-भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो। भारत र तेस्रो विश्‍वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रू भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘तर हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैँसी भन्‍ने विवादमा संसद्को लामो समय लियौँ। यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद् गम्भीर होस् भन्‍ने मेरो आग्रह छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell