PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सातौँ स्थानको होड : नेपाल र यूएई आइतवार भिड्दै, जित्नेले अमेरिका र आयरल्याण्डबिचको विजेतासँग खेल्ने



पहिलोपोस्ट

सातौँ स्थानको होड : नेपाल र यूएई आइतवार भिड्दै, जित्नेले अमेरिका र आयरल्याण्डबिचको विजेतासँग खेल्ने

काठमाडौं : क्रिकेट विश्वकप छनोटको प्लेअफमा नेपालले आइतवार यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

जिम्बावेमा जारी विश्वकप छनोटमा नेपाल सहित ४ टोली सुपरसिक्समा पुग्न असफल भए। जसमा समूह ‘ए’बाट नेपाल र अमेरिका तथा समूह ‘बी’ बाट आयरल्याण्ड र यूएई छन्।

खेल तालिका अनुसार समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’मा पाँचौँ हुने टोलीसँग तथा समूह ‘बी’मा चौथो हुने टोलीले समूह ‘ए’को पाँचौँ हुने टोलीसँग खेल्नेछ।

नेपाल समूह ‘ए’मा चौथो भएको टोली हो भने यूएई समूह ‘बी’मा पाँचौँ बनेको टोली हो। यसअनुसार नेपालले आइतवार यूएई विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

त्यसअघि, शुक्रवार समूह ‘बी’को चौथो हुने टोली आयरल्याण्डले समूह ‘ए’को पाँचौँ हुने टोली अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

यसपछिको अर्को चरणमा सातौँदेखि दशौँ स्थानसम्मको टोलीको टुंगो लाग्ने छ। अर्थात नेपाल र यूएईबिचको विजेताले सातौँ र आठौँ स्थानका लागि आयरल्याण्ड र अमेरिकाबिचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, नेपाल र यूएईबिचको पराजित टोलीले नवौँ र दशौँ स्थानका लागि आयरल्याण्ड र अमेरिकाबिच पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप छनोटको दुवै समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा विश्वकप पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’बाट जिम्बावे, वेस्ट इण्डिज र नेदरल्याण्ड्सले सुपरसिक्समा प्रतिस्पर्धा गर्नेछन् भने समूह ‘बी’बाट श्रीलंका, स्कटल्याण्ड र ओमन भारतमा हुने विश्वकप पुग्ने धाउन्नमा हुनेछन्। यी ६ टोलीमध्ये शीर्ष दुईले विश्वकपमा स्थानमा बनाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell