PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'



पहिलोपोस्ट

राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'
फोटो : राष्ट्रपतिको सचिवालय

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुको चाल 'मनिटरिङ' गर्न अस्पताल भर्ना भएका राष्ट्रपति बुधवार दिउँसो अस्पतालबाट डिस्चार्ज भइ शितल निवास फर्किएका हुन्। 'राष्ट्रपति रामचन्द्र पौडेलज्यू २०८० साल असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास शीतलनिवास फर्कनुभएको छ,' राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेलको मुटुमा 'पेसमेकर' राखिए पछि स्वास्थ्यमा सुधार देखिएको चिकित्सकले जनाएका छन्। राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएका छन्। 'स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरू, कन्सल्टिङ टिममा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यप्रति चासो व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ,' प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell