PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

एमाले र रास्वपाको अवरोधपछि रोकियो बजेट पास, संसद् बैठक स्थगित



पहिलोपोस्ट

एमाले र रास्वपाको अवरोधपछि रोकियो बजेट पास, संसद् बैठक स्थगित

काठमाडौं : आगामी वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट पारितका लागि राखिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बजेटको विषयमा प्रश्न उठाउँदै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटसम्मका लागि स्थगित गरेका हुन्।

एमालेका प्रमुख सचेतक पदम गिरी र रास्वपाका सांसद सन्तोष परियारले बजेट विनियोजन विधेयकमा जिल्ला निर्वाचन कार्यालयबारे विरोध जनाएका हुन्। बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजीको विषय कसरी मेटिन्छ भन्दै परियारले प्रश्न राखेपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अब यो राजनीतिक विषय नभएको बताएका थिए।

'बजेटमा लेख्दा त्रुटि भए पनि जिल्ला निर्वाचन कार्यालय कतै जाँदैनन्। कतै गाभिदैनन्। अहिले पनि जिल्ला प्रशासन कार्यालयमै हुन्छ जिल्ला निर्वाचन कार्यालय। प्रशासनको मातहत जानुहुँदैन भन्ने विषयमा सबै सहमत भइसकेका छन्,' लेखकले भने, 'अब राजनीतिक विषय रहेन। यो प्राविधिक विषयलाई राजनीतिक विषय नबनाउ।' लेखकको बोलीमा प्रतिपक्षी विश्वस्त नदेखिएपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell