PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

ध्वनि मतमा पारित भएको बजेटमा एमालेको आपत्ति, पक्ष/विपक्षमा मतदान हुने



पहिलोपोस्ट

ध्वनि मतमा पारित भएको बजेटमा एमालेको आपत्ति, पक्ष/विपक्षमा मतदान हुने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि बजेटमाथि मतदान हुने भएको छ। सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा पक्षमा रहेका सांसदको बहुमत भएकाले बजेट पारित भएको घोषणा गरिसकेका थिए।

लगतै एमालेका सचेतक महेश बर्तौलाले विपक्षमा बहुमत रहेको भन्दै मत विभाजनको माग गरेपछि सभामुख घिमिरेले मतदान हुने निर्णय सुनाएका थिए। अब बजेट पारित गर्न मतदान हुने भएको छ। सत्तारुढ दलले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell