PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

शुक्रवार पर्खेन 'परस्त्री'ले, 'सत्य प्रेमकी कथा' पनि भोलिबाटै



पहिलोपोस्ट

शुक्रवार पर्खेन 'परस्त्री'ले, 'सत्य प्रेमकी कथा' पनि भोलिबाटै

काठमाडौं : शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘परस्त्री’ बिहिवारबाटै प्रदर्शनमा आउने भएको छ। बलिउड फिल्म ‘सत्य प्रेमकी कथा’ बिहिवार नै रिलिज हुने भएपछि ‘परस्त्री’ एकदिन अगाडि नै रिलिज गर्न लागेको निर्माता शर्मिला पाण्डेले बताइन्।

‘हिन्दी फिल्म बिहिवार नै रिलिज हुने भएपछि हामीले भोलि नै फिल्म रिलिज गर्न लागेका हौँ,’ पाण्डेले भने।

दीपेन्द्र के खनालको लेखन रहेको फिल्मले विवाहेत्तर सम्बन्धले ल्याउने पारिवारिक र सामाजिक संकटको कथा रहेको निर्माण टिमले जनाएको छ।

सुरज पाण्डे निर्देशित यस फिल्ममा शिल्पाका साथै कोसिस क्षेत्री, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतको अभिनय छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell