PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

बजेट बहुमतले पारित : पक्षमा १४७ मत, विपक्षमा १०८



पहिलोपोस्ट

बजेट बहुमतले पारित : पक्षमा १४७ मत, विपक्षमा १०८
फोटो : रासस

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २‍०८०/८१ को बजेट बहुमतले पारित भएको छ। प्रतिनिधि सभामा २५५ सांसद उपस्थित रहेकोमा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको र बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि बजेटमाथि मतदान भएको थियो। सभामुख घिमिरेले ध्वनी मतका आधारमा पक्षमा रहेका सांसदको बहुमत भएकाले बजेट पारित भएको घोषणा गरिसकेका थिए।

लगतै एमालेका सचेतक महेश बर्तौलाले विपक्षमा बहुमत रहेको भन्दै मत विभाजनको माग गरेपछि सभामुख घिमिरेले मतदानमार्फत छिनोफनो भएको हो। बजेट पास भएसँगै दफावार छलफल शुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell