PahiloPost

Jun 5, 2025 | २३ जेठ २०८२

एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक असार १७ गतेसम्म स्थगित



पहिलोपोस्ट

एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक असार १७ गतेसम्म स्थगित

बुटवलः लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब २ सातापछि बुधबारका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक विपक्षी दलको विरोधका कारण स्थगित भएको छ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न बुधबार दिउँसो प्रदेश सभाको बैठक बसेको थियो।

बैठकको प्रारम्भमै एमालेले बजेटउपर विरोध जनाएपछि छलफल नै नगरी बैठक १७ गतेसम्मका लागि स्थगित भएको हो। यसअघि असार १० गते छलफलका लागि आह्वान गरिएको बैठक बजेट उपर सहमति जुटन नसकेपछि बैठक बुधबारका लागि सारिएको थियो।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको भन्दै प्रमुख प्रतिपक्ष एमालेले संशोधन नगरी पास हुन नदिने बताएको छ।

प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख रुपैयाँको बजेट ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell