
हेटौंडाः वाग्मती प्रदेश सभा बैठक स्थगित भएको छ। बजेट संशोधनको विषयलाई नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्य एजेन्डा बनाएपछि बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको हो।
प्रदेश सभामा असार १ गते पेश भएको बजेटमाथि छलफलका लागि मंगलबारदेखि सभाको बैठक बोलाइएको थियो।
मंगलबार लगातारका तीन बैठक एमाले र राप्रपाले अवरोध गरेपछि बुधबारका लागि बैठक बोलाइएको थियो।
तर, बजेट संशोधनको माग दुबै दलले यथावत राखेपछि बैठक अघि बढ्न नसकेको हो।