PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

निजी विद्यालयलाई बालेनको निर्देशन : सामुदायिकको तलब स्केलकै आधारमा शिक्षकलाई तलब देऊ



पहिलोपोस्ट

निजी विद्यालयलाई बालेनको निर्देशन : सामुदायिकको तलब स्केलकै आधारमा शिक्षकलाई तलब देऊ
फाइल फोटो।

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामुदायिक विद्यालयका शिक्षकले पाउने तलब स्केलकै आधारमा आफ्ना शिक्षकलाई तलब दिन संस्थागत (निजी) विद्यालयहरुलाई निर्देशन दिएका छन्।

निजी विद्यालयमाका शिक्षकहरुको तलब सामुदायिकको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै मेयर बालेनले बिहीवार सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन्।

‘शिक्षा ऐन २०२८ को दफा १२ (७)(छ)मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ उनले भनेका छन्।

 

यस्तै, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिएबमोजिम हुने उल्लेख गरिएको पनि उनले बताएका छन्।

सोही बमोजिम काठमाडौं निजी विद्यालयहरुलाई सामुदायिकका शिक्षकहरुले प्राप्त गर्ने तलब सुविधा अनुसार नै आफ्ना शिक्षकहरुलाई तलब उपलब्ध गराउन उनले निर्देशन दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell