PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रदेश सांसदलाई कोशीका मुख्यमन्त्री कार्कीको अनुरोध : तपाईंहरुले विश्वासको मत दिनैपर्छ



पहिलोपोस्ट

प्रदेश सांसदलाई कोशीका मुख्यमन्त्री कार्कीको अनुरोध : तपाईंहरुले विश्वासको मत दिनैपर्छ

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा आफूले अर्को सरकार बन्ने सम्भावना नदेखेको दाबी गरेका छन्। बिहिवार प्रदेश सभामा विश्वासको मत माग्दै कार्कीले यस्तो धारणा राखेका हुन्। 'अर्को सरकार बन्ने सम्भावना देख्दिनँ,' कार्कीले प्रदेश सभामा भने।

आफू ६ महिना कतै नचुकेको उल्लेख गर्दै विश्वासको मत दिनैपर्ने बताए। 'तपाईहरुले विश्वासको मत दिनैपर्छ। कि काम गर्न सकेन भन्नुपर्‍यो,' कार्कीले भने,'यो प्रदेश सरकार विश्वास गर्न लायक छ।'

आफूले प्रदेशको नाम राख्दा नेपाली कांग्रेस र माओवादीबाट सहयोग पाएकोमा प्रशंसा गर्दै कार्कीले धेरै काम आफ्नो पालामा भइसकेको दाबीसमेत गरे। गत पुस २४ गते ६० सांसदको समर्थनमा कार्की कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए। माओवादीले साथ छाडेपछि कार्कीको सरकार अल्पमतमा परेको हो।

यस्तो छ अंकगणित

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। अहिले एमालेको ४० र राप्रपाको छ गरी ४६ जना सांसदको साथ सरकारलाई छ। प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ।

त्यसो त कांग्रेसको २९, माओवादी केन्द्र १२, एकीकृत समाजवादी पार्टीका चार र जनता समाजवादी पार्टी (जसपा)को एक गरी अर्को गठबन्धनसँग पनि ४६ सांसद नै छ। यसले गर्दा सभामुख निर्णायक बन्नुपर्ने देखिन्छ। सभामुख माओवादीका बाबुराम गौतम छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell