PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

साफमा हारेको नेपाल फिफा वरीयतामा झर्‍यो एक स्थान तल



पहिलोपोस्ट

साफमा हारेको नेपाल फिफा वरीयतामा झर्‍यो एक स्थान तल

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो।
    
दक्षिण एसियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १००औं स्थानमा छ। यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ। यसैगरी बंगलादेश १९२औँ स्थानमा यथावत छ भने पाकिस्तान २०१औँ स्थानमा झरेको छ। श्रीलंका २०७औं स्थानमा छ। 
    
विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ। त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्। 

भारतमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूहचरणबाटै बाहिरिएको छ। समूह ‘ए’मा आफ्ना सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै सेमिफाइनलको होडबाट बाहिरिएको हो।

नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell