PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

जलहरीबारे ओलीको उल्टै प्रश्न : यो मेरो विषय हो र? कांग्रेसलाई सरकारको प्रस्ताव गरेको छैन



पहिलोपोस्ट

जलहरीबारे ओलीको उल्टै प्रश्न : यो मेरो विषय हो र? कांग्रेसलाई सरकारको प्रस्ताव गरेको छैन
फोटो : रासस

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारबारे नेपाली कांग्रेससँग संवाद नभएको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले कांग्रेसलाई सरकारका लागि प्रस्ताव नगरेको बताए। 'कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन,' ओलीले भने,'तपाईंमार्फत जानकारी पाइरहेका छौँ।'

ओलीले पशुपतिको जलहरीको सुन आफूसँग सम्बन्धित नभएको प्रष्टिकरण दिएका छन्। ओली प्रधानमन्त्री रहेका बेला जलहरी राखिएको थियो। जलहरीमा प्रयोग भएको सुनको परिणामलाई लिएर विवाद छ। अख्तियारले समेत सुनको मात्राबारे अनुसन्धान गरिरहेको छ भने संसदमा ओलीलाई सुन हिनामिना गरेको आरोप लागेको थियो। ओलीले आफूमाथि लागेको आरोपको प्रष्टिकरण चितवन पुगेका बेला दिएका हुन्।

'एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ। अलिक दिन त्यसले पनि मार्केट पायो,' ओलीले भने, 'यो मेरो विषय हो र? तपाईंहरुले मलाई सोधेको।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell