PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

नयाँ गठबन्धनबारे के भने रवि लामिछानेले?



पहिलोपोस्ट

नयाँ गठबन्धनबारे के भने रवि लामिछानेले?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक अस्थिरता नचाहेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले नयाँ सरकार बन्नेबारे भइरहेको चर्चाबारे बोलेका हुन्। 'हामी अस्थिरताको खेलमा छैनौँ। मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो,' लामिछानेले भने।

बजेट पास भए पनि जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी लामिछानेले गरे। 'अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो। तर त्यो हुन सकेन,' उनले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell