PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

यी जिल्लामा भइरहेको भारी वर्षा, सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

यी जिल्लामा भइरहेको भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपास धेरै स्थानमा गएको चार घण्टामा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

तिनाउ खोला, माडी खोला लगायत उक्त जिल्ला भई बहने अन्य स-साना नदीमा जलसतह उल्लेख्य बढ्ने सक्ने जनाइएको छ। केही खोलामा आकस्मिक बाढी समेत हुन सक्छ भन्दै तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell