PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रहरीले १७ वर्षीय किशोरको हत्या गरेपछि फ्रान्समा प्रदर्शन : ४०० जनाभन्दा बढी पक्राउ, ४० हजार प्रहरी परिचालन



पहिलोपोस्ट

प्रहरीले १७ वर्षीय किशोरको हत्या गरेपछि फ्रान्समा प्रदर्शन : ४०० जनाभन्दा बढी पक्राउ, ४० हजार प्रहरी परिचालन

फ्रान्समा तीनदिन देखि भइरहेको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौंपटक झडप जारी छ। त्यसक्रममा प्रहरीले ४०० भन्दा बढीलाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ। पक्राउ पर्नेमा धेरैजसो १४ देखि १८ वर्षका रहेका छन्।

मंगलवार एक प्रहरीले नहेल एम नाम गरेका १७ वर्षीय युवाको गोली हानी हत्या गरेपछि प्रदर्शन सुरु भएको थियो। 'ट्राफिक स्टप'का क्रममा भागेपछि उनीमाथि गोली प्रहार गरिएको थियो। यसको विरोधमा फ्रान्सभर प्रदर्शन भइरहेको छ।

प्रदर्शन नियन्त्रण गर्न देशभर करिब ४० हजार प्रहरी खटाइएको छ। प्रदर्शनकारीसँगको झडपका क्रममा १७० जना प्रहरी घाइते भएको फ्रान्सका गृह मन्त्री गेराल्ड डरमनिनले बताएका छन्। प्रदर्शनका क्रममा पसलहरुमा लुटपाट र तोडफोड भएका छन्।

गोली हान्ने प्रहरीलाई नियन्त्रणमा लिइएको छ। उनले मृतक नहेलका परिवारसँग क्षमायाचनासमेत गरेका छन्। अरबी मूलको भएका कारण आफ्नो छोरामाथि गोली प्रहार भएको नाभेलकी आमाले आरोप लगाएकी छिन्। नहेललाई न्याय माग्दै बिहीवार हजारौं मानिसले 'मार्च' निकालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell