PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

तस्विरमा तीनदिन देखि जलिरहेको फ्रान्स

तस्विरमा तीनदिन देखि जलिरहेको फ्रान्स

पहिलोपोस्ट /पहिलोपोस्ट


फ्रान्सका सयौं किशोर किशोरी अहिले प्रहरी नियन्त्रणमा छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार तीन दिन देखि किशोर किशोरी र युवाहरु सडकमा ओर्लिएपछि प्रहरी आक्रमक बनेको छ। सरकार पनि शान्ति सुव्यवस्था कायम गराउने प्रयासमा छ। प्रहरीसँगको झडपका क्रममा ४००० जना भन्दा बढीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अधिकांश १४ देखि १८ वर्ष उमेरका किशोर किशोरी छन्।

तीनदिन देखि फ्रान्सका विभिन्न शहर जलिरहेको छ। गाडीमा आगजनी, पसल तोडफोडका घटना बढेका छन्। उग्र भिडले रेलमा समेत आगो लगाइदिएका छन्। अवस्था बिग्रिँदै गएपछि सरकारले देशभर ४० हजारभन्दा बढी प्रहरीलाई प्रदर्शन नियन्त्रण गर्न खटाएको छ।

प्रदर्शनमा उत्रनेहरु अरबी मूलका फ्रान्सेली किशोर नहेलका लागि न्याय मागिरहेका छन्। प्रहरीले रंगभेद गर्दै नभेलको हत्या गरेको आरोप छ। गत मंगलवार एक प्रहरीले १७ वर्षीय नहेलको गोली हानी हत्या गरेपछि फ्रान्सभर प्रदर्शन सुभएको हो। 'ट्राफिक स्टप'का क्रममा भागेपछि उनीमाथि गोली प्रहार गरिएको थियो।

Photo : Reuters / AFP



ट्रेन्डिङ पोस्ट

Ncell