PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पोखरामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै



पहिलोपोस्ट

पोखरामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै

काठमाडौं : गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ। भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन्।

भेलाका क्रममा मुख्यमन्त्रीहरूबिच विविध विषयमा छलफल र अन्तक्रिया हुने उनले बताइन। भेलामा अन्तरप्रदेशबिचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ।

यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो। भेला दोस्रोपटक गर्न लागिएको हो। पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा भेला भई ८ बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell