PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

खुमलटार पुगेर धान रोपे कृषि मन्त्रीले



पहिलोपोस्ट

खुमलटार पुगेर धान रोपे कृषि मन्त्रीले

काठमाडौं : आज धान दिवस। २०औं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ।

यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर मनाइरहेका हुन्। दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ।

धान दिवसको अवसरमा कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) को कार्यालय खुमलटारमा पनि रोपाइँ कार्यक्रम आयोजना गरियो।

त्यस अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका थिए। धान रोप्न बनाइएको गाडी आफै चलाएर उनले धान रोपेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell