PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पोखरामा प्याराग्लाइडिङ गर्न जाँदै हुनुहुन्छ? अबबाट प्रति उडान तिर्नुपर्नेछ १२ हजार रुपैयाँ



पहिलोपोस्ट

पोखरामा प्याराग्लाइडिङ गर्न जाँदै हुनुहुन्छ? अबबाट प्रति उडान तिर्नुपर्नेछ १२ हजार रुपैयाँ

काठमाडौं : पोखरामा प्याराग्लाइडिङ उडानको शूल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको शूल्क वृद्धि गरेको हो।

हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दैआएकामा अबदेखि  १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शूल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनले बताए। पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बताए।

अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको ६ हजार रुपैयाँ हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए।

उनले भने, 'पहिला तीन हजार ९०० रुपैयाँ पाउँथे।'

नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन्। तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए। सबै कम्पनीमा गरी ३७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन्। हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell