PahiloPost

May 14, 2025 | १ जेठ २०८२

आज देशभर ६० लाख लिटर दही खपत हुने अनुमान



पहिलोपोस्ट

आज देशभर ६० लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं : आज धान दिवस। असार १५ को अवसरमा दही चिउरा खाएर धान रोप्ने गरिन्छ। यो दिवस देशभर मनाउने भएकाले अन्य समय भन्दा ठुलो परिमाणमा दहीको खपत हुन्छ।

यो दिनका लागि दुग्ध विकास संस्थान र निजी डेरीले केही दिन अघिदेखि नै तयारी थालेका थिए। नेपाल डेरी एसोसिएसनका अनुसार आजको दिन देशभर ६० लाख लिटर भन्दा बढी दहीको खपत हुने अनुमान गरिएको छ। सामान्य समयमा दैनिक ११ देखि १२ लाख लिटर दही बिक्री हुने गरेको छ। असार १५ गते भने दहीको माग ५ गुणा बढ्ने गरेको एसोसिएसनले जनाएको छ। यो आधारमा असार १५ गते मात्रै लिटरको १२० रुपैयाँको आधारमा ७२ करोड रुपैयाँको दही खपत हुने देखिएको छ।

एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल आर्थिक मन्दीका कारण यो वर्ष ६० लाख लिटर दही खपत हुने अनुमान गरेका छन्। उनका अनुसार पानी परेमा अनुमान भन्दा २० प्रतिशत कम दही खपत हुन्छ।

सामान्य समयमा ३१ लाख लिटर कच्चा दूध आउने गरेको छ। यसमध्ये ५० प्रतिशत दूध बजारमा जान्छ। ३५ प्रतिशत दही बनाउन प्रयोग हुन्छ। १५ प्रतिशत बटर र खुवा बनाउन प्रयोग हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell