PahiloPost

Jul 1, 2026 | १७ असार २०८३

पाँच भाषामा प्रदर्शन हुनेछ ‘चन्द्रमुखी २’



पहिलोपोस्ट

पाँच भाषामा प्रदर्शन हुनेछ ‘चन्द्रमुखी २’

दक्षिण भारतीय फिल्म ‘चन्द्रमुखी २’ को प्रदर्शन मिति तय भएको छ। राघव लरेन्स र कंगना रनौतको अभिनय रहेको फिल्म १९ सेप्टेम्बर (असोज २) गते रिलिज हुने भएको छ।

पी वासु निर्देशित ‘चन्द्रमुखी २’ हिट हरर कमेडी फिल्म ‘चन्द्रमुखी’ को सिक्वेल हो। सन् २००५ मा रिलिज भएको चन्द्रमुखीमा रजनीकान्त र ज्योतिका सरवनन मुख्य भूमिकामा देखिएका थिए।  

चन्द्रमुखीको सिक्वेलमा कंगना राज दरबारककी नर्तकीको भूमिकामा देखिनेछिन्। लाइका प्रोडक्सन र सुबास्करनले निर्माण गरेको यो फिल्म तमिलसहित तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell