PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

असार १५ मा देशभर रोपाइँको चटारो

असार १५ मा देशभर रोपाइँको चटारो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। शुक्रवार असार १५ गते धान दिवस पनि भएकाले खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

नुवाकोटको विदुर नगरपालिका-४ विदुरका किसान धान रोपाइँको तयारीका लागि ट्रयाक्टरले खेत जोत्दै। फोटो : रामहरि न्यौपाने / रासस


मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।

यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ।

लमही नगरपालिका-६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक। फोटो : कुलदीप न्यौपाने / रासस


 

घोराही-१७ डवरीस्थित गुठी खेतमा धान रोप्दै लुम्बिनी प्रदेश सदस्य सीता चौधरी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीलगायत। फोटो : कुलदीप न्यौपाने / रासस


 

२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा घोराही-१७ डवरीस्थित गुठी खेतमा धान रोप्दै लुम्बिनी प्रदेशसभा सदस्य सीता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी तथा दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यलगायत। फोटो : कुलदीप न्यौपाने / रासस
सुनसरीको इनरुवामा धान राेपेपछि नाचगान गर्दै स्थानीय। फोटो : नवीन गड्तौला / रासस
सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङले आयोजना गरेको धान दिवसमा धान रोप्दै कृषि क्याम्पसमा विद्यार्थी। फोटो : भविन कार्की / रासस
भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखाले शुक्रवार आयोजना गरेको रोपाइँ कार्यक्रममा मेसिनबाट धान रोप्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल। फोटो : कृष्ण आचार्य / रासस
मलङ्गवा-२ स्थित ओरेक नेपालको सहयोगमा गरिँदै आएको सामूहिक खेती स्थलमा धान रोपाइँ गर्दै स्थानीय। फोटो : विश्वनाथ ठाकुर / रासस


ट्रेन्डिङ पोस्ट

Ncell