काठमाडौं : गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ। आजबाट सुरु भएको बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरेका छन्।
बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित छन्।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की उपस्थित भने उपस्थित छैनन्। आज कोशी प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेकोले उनी मुख्यमन्त्री बैठकमा नगएका हुन्।