PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'सत्य प्रेमकी कथा' को पहिलो दिनको कमाई कति?



पहिलोपोस्ट

'सत्य प्रेमकी कथा' को पहिलो दिनको कमाई कति?

कार्तिक आर्यन र किआरा आडवाणी स्टारर् बलिउड फिल्म ‘सत्य प्रेमकी कथा’ ले राम्रो ओपनिङ गरेको छ। बिहिवार रिलिज भएको यस फिल्मले पहिलो दिन घरेलु बक्सअफिसमा ९ करोड भारतीय रुपैयाँको व्यापार गरेको बलिउड हंगामामा उल्लेख छ।

भारतका ठूला मल्टिप्लेक्स चेन पीभीर, इनक्स र सिनेपोलिसमा ५ करोड ५० लाख भारतीय रुपैयाँ कमाउँदा त्यसबाहेका हलमा भने साढे ३ करोड भारतीय रुपैयाँको व्यापार फिल्मले गरेको छ। यो ओपनिङ कार्तिकको पछिल्लो फिल्म ‘शेहजादा’ भन्दा राम्रो हो। 

समीर विदवान्स निर्देशित फिल्मको कथा करण श्रीकान्त शर्माले लेखेका हुन्। रोमान्टिक लभ स्टोरी जनरामा बनेको फिल्मको समीक्षा भने सकरात्मक आइरहेको छ। 

फिल्ममा साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी रहेको छ। यस फिल्ममा कार्तिक र किआराका साथै गजराज राव, सुप्रिया पाठक, राजपाल यादव लगायतका कलाकारहरुको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell