PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बारा प्रहरीले भारतीय ट्रकबाट बरामद गर्‍यो २६२ किलो गाँजा, चालक भने फरार



पहिलोपोस्ट

बारा प्रहरीले भारतीय ट्रकबाट बरामद गर्‍यो २६२ किलो गाँजा, चालक भने फरार

वीरगंज : बारा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। गएराति ९ बजे जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर बजार नजिक रोकिराखेको अवस्थाको बीआर २५ जीए १४५८ नम्बरको भारतीय ट्रकबाट प्रहरीले २६२ किलो गाजा बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको संयुक्त टोलीले गाँजा बरामद गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाए। मकवानपुरबाट वीरगंज नाका हुँदै ठूलो परिमाणमा गाँजा लिएर गइरहेको भन्ने पूर्व सूचनाको अधारमा प्रहरीले भारतीय ट्रकको खोजी सुरु गरेको थियो।

बिहीवार दिनभर उक्त ट्रक जितपुरमै सडक छेउमा रोकिएको अवस्थामा स्थानीय जनप्रतिनिधिको रोहबरमा ट्रकको हुडमा खोलेर हेर्दा फल्स बटन बनाई राखिएको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिइएको थियो भने चालकको खोजी भइरहेको बारा प्रहरीका प्रवक्ता डीएसपी पुरुषोत्तम पाण्डेले जनाए। बारा प्रहरीले चालु आर्थिक वर्षमा करिब १ हजार किलो लागुऔषध गाँजा बरामद गरेर नष्ट गरिसकेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell