PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डा मदनकुमार भट्टराईद्वारा लिखित 'चार कुटनीतिज्ञ' विमोचन



पहिलोपोस्ट

डा मदनकुमार भट्टराईद्वारा लिखित 'चार कुटनीतिज्ञ' विमोचन

काठमाडौं : पूर्व परराष्ट्र सचिव डा मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक 'चार कुटनीतिज्ञ' विमोचन गरिएको छ। नेपाल पर्यटन बोर्डको सभा हलमा परराष्ट्र मन्त्री एन पी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको किताबमा नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय मामिला र कूटनीति निर्माण, कार्यान्वयन एवम् अभ्यासमा संलग्न पहिलो पुस्ताका चार विशिष्ट कूटनीतिज्ञको कार्यसम्पादनलाई सूक्ष्म रुपमा प्रस्तुत गरिएको छ।

पुस्तकमा रामप्रसाद मानन्धर,शोभाजङ्ग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंहको कूटनीतिक जीवन र योगदानबारे खोजमुलक लेख समाहित छ।

 जर्मनी र जापानका लागि नेपाली राजदूतका भएर काम गरिसकेका भट्टराईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र तथा कूटनीति विज्ञ भएर काम गरिसकेका छन्।

विमोचन कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व मुख्य सचिव लीलामणि पौड्याल र प्राध्यापक डा मीना वैद्य मल्लाले पुस्तकमाथि समीक्षा गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell