PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते



पहिलोपोस्ट

हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते

हेटौंडा : मकवानपुरको हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ४८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शुक्रवार मध्याह्न १२:४० बजे नारायणगढबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भई बाटोबाट तल खसेको थियो। घाइतेहरुको हेटौंडा अस्पातल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

चुरेहिलमा २० जनाको उपचार भइरहेको छ भने हेटौँडा अस्पतालमा २७ जनाको उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार घाइतेमध्ये एक जनाको अवस्था भने गम्भीर रहेको उनले बताए।

दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell