PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ : उजुरी बाँकेमा, पक्राउ काठमाडौंमा



पहिलोपोस्ट

 पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ : उजुरी बाँकेमा, पक्राउ काठमाडौंमा

काठमाडौं : पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। उनलाई प्रहरी कार्यालय नयाँ बानेश्वर वृत्तको टोलीले नियन्त्रणमा लिएको हो।

ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनायो। पूर्वसांसदसमेत रहेका उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका थिए।

त्यस्तै उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए। बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो। बाँकेमा ठगी मुद्दा दर्ता भएकाले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएर उनलााई पक्राउ गरिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell