PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद : ९ करोड जरिवाना, श्रीमतीसहित अर्की एक महिलाको सम्पत्ति पनि जफत



पहिलोपोस्ट

गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद : ९ करोड जरिवाना, श्रीमतीसहित अर्की एक महिलाको सम्पत्ति पनि जफत
फाइल फोटो

काठमाडौं : विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै सजाय जरिबाना तोकेको छ। अदालतले शुक्रवार खड्कालाई एक वर्ष ३ महिना कैद र साढे ९ करोड बिगो बमोजिमको जरिबाना तोकेको हो।

अभियोगपत्र बिगो बमोजिमको हकमा घरजग्गा र शेयरसमेत जफत हुनेछ। त्यसैगरी उनकी श्रीमती शर्मिला खड्काको नाममा बनेको घरजग्गा र अमिता लामाको नाममा रहेको घरजग्गासमेत जफत हुने अदालतको आदेशमा उल्लेख छ। अख्तियारले १८ करोड ६६ लाख पाँच हजार ६२९ रुपैयाँ बिगो दाबी गर्दै २०७५ पुस २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गोपाल खड्काको करिश्माः तीन वटा घर खरिद दुई अपार्टमेन्टमा बैना, अर्काकी श्रीमतीका नाममा बैंक खाता र घर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell