PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मुलपानी क्रिकेट मैदानको नाम 'जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान'



पहिलोपोस्ट

मुलपानी क्रिकेट मैदानको नाम 'जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान'
फाइल फोटो

काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको छ। क्यानको आज बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथ शाहको नाममा राख्ने निर्णय गरेको हो।

मुलपानीको माथिल्लो मैदान क्यान मातहत रहेको छ। उक्त मैदानमा राष्ट्रिय प्रतियोगिताहरु हुने गरेकोमा केही महिना अघि नेपालमा सम्पन्न एसीसी प्रिमियर कपबाट एकदिवसीय मान्यताप्राप्त खेल पनि खेलाइएको थियो। यो मैदानमा ओमन र यूएईबीचको एकदिवसीय मान्यताप्राप्त खेल सम्पन्न भएको थियो।

यसअघिसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मात्र एकदिवसीय मान्यता प्राप्त खेलहरु हुँदै आएका थिए। 

त्यस्तै वीरगंजमा रहेको नारायणी रंगशाला परिसरमा रहेको क्रिकेट मैदानको नाम संघका पूर्व वरिष्ठ उपाध्यक्ष तारणी विक्रम शाहको नाममा 'टीबी शाह क्रिकेट मैदान' राख्ने निर्णय क्यानको बोर्ड बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell