PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कांग्रेस नेता लामाको सम्झनामा दिपप्रज्वलन



पहिलोपोस्ट

कांग्रेस नेता लामाको सम्झनामा दिपप्रज्वलन

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन गरिएको छ। विपि अध्ययन केन्द्र सिन्धुपाल्चोकको आयोजनामा काठमाडौंको बौद्ध स्तुपमा लामाको सम्झनामा दिपप्रज्वलन गरिएको हो।

केन्द्रका संस्थापक अध्यक्ष रहेका लामाको असार ९ गते बिहान निधन भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले विकास लामा बहुआयामिक व्यक्तित्व भएको बताए। 'लामा बहुआयामिक प्रतिभाको धनी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको विषयमा अध्ययन अनुसन्धान गरेर एउटा ग्रन्थ निकाल्नुपर्छ,' उनले भने।

कांग्रेस सिन्धुका सभापति जंगबहादुर लामाले विकास लामासँगको राजनीतिक सहयात्राबारे चर्चा गरे। 'विकास दाइसँग ५१/५२ सालदेखि आवद्ध भएको हुँ। उहाँको अधुरो अपुरो कामलाई मैले पुरा गर्ने प्रतिबद्धता जनाउँछु,' उनले भने, 'उहाँको नेतृत्वमा बनेको विपि अध्ययन केन्द्रको सबै काम लाई पूरा गर्ने छु।'

दिप प्रज्वलन कार्यक्रममा सिन्धुपाल्चकका कांग्रेस नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। लामाको यही असार २९ गते तामाङ परम्परा अनुसार ह्योल्मो गुम्बामा घेवा हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell