PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

उस्तै नियतिका नेपाल - यूएई : ४ महिनाभित्र छैटौं खेल, नेपालीमाझ भाइरल मुस्तफा



पहिलोपोस्ट

उस्तै नियतिका नेपाल - यूएई : ४ महिनाभित्र छैटौं खेल, नेपालीमाझ भाइरल मुस्तफा

काठमाडौं : जिम्बावेमा आइतवार नेपाल र यूएई प्रतिस्पर्धा गर्दैछन्। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा पछिल्ला ४ महिनामा नेपाल र यूएई छैटौँ पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्।

सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले हालसम्म कुल ५५ वटा ओडीआई खेल खेलेको छ। जसमध्ये नेपालले २९ वटा खेल जितेको छ भने २४ वटामा हार व्यहोरेको छ। त्यस्तै, एउटा खेल टाइ हुँदा एक खेल नतिजाविहीन बनेको छ।

नेपालले हालसम्म सबैभन्दा धेरै पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको टोली यूएई हो। हालसम्म १४ खेल यूएईविरुद्ध मात्रै खेलेको छ। नेपाल आइतवार १५औँ ओडीआईमा यूएईविरुद्ध जिम्बावेको हरारेमा उत्रँदैछ।

१४ खेल खेल्दा नेपालले ८ पटक जित निकालेको छ भने यूएईले ६ जित। नेपालले यूएईपछि पपुवा न्युगिनीसँग १० पटक ओडीआई म्याच खेलेको छ।

सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि खेलेको दोस्रो टोली यूएई हो। पहिलो दुई खेल नेपालले नेदरल्याण्ड्सविरुद्ध खेलेको थियो।

फाइल फोटो।


 

४ महिनाभित्र छैटौं खेल

पछिल्लो ४ महिनामा नेपालले युएईसँग छैटौँ खेल खेल्दैछ। यो वर्ष मार्च महिनामा दुबई इन्टरनेसनल क्रिकेट मैदानमा नेपालले यूएईविरुद्ध खेलेको थियो।

लिग २ अन्तर्गतको उक्त खेलमा पराजित भएयता नेपालले यूएईलाई चारपटक हराएको छ। मार्च महिनामै लिग २ कै अन्य तीन खेलमा नेपालले यूएईलाई तीन पटक हराएको थियो।

त्यस्तै मे महिनामा नेपालमै सम्पन्न एसीसी प्रिमियर कपमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको थियो। अर्थात २०२३ मा नेपाल र यूएई पाँच पटक आमनेसामाने हुँदा ४ खेल नेपालले र १ खेल यूएईले जितेको छ।

त्यसबाहेक नेपालले जिम्बावे पुगेर वार्मअफ म्याच पनि यूएईविरुद्ध नै खेलेको थियो।

 

एउटै नियति : विश्वकपको होडबाट सुरुमै आउट

भारतमा हुने विश्वकप पुग्न भने दुवै टोलीको नियती एउटै रह्यो। विश्वकपको होडबाट दुवै बाहिरिसकेको अवस्थामा सातौँ स्थान सुरक्षित गर्ने होडमा यी टोली हुनेछन्।

फाइल फोटो।


समूह 'ए' बाट नेपाल र समूह 'बी' बाट यूएई सुपर सिक्समै पुग्न असफल रहे। नेपाल आफ्नो समूहको चौथो स्थानमा र यूएई पाँचौँ स्थानमा रहँदै प्लेअफमा आइतवार भिड्ने भएका हुन्।

नेपाल र यूएईबिचको विजेताले आयरल्याण्डसँग सातौँ स्थानका लागि र पराजित हुने टोलीले अमेरिकासँग नवौँ स्थानका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। यी टोली आइतवार टाकासिंगा स्पोर्ट्स क्लबमा पौने १ बजे भिड्नेछन्।

 

सँधै भाइरल मुस्तफा

सामाजिक सञ्जालमा नेपाली क्रिकेट समर्थकबिच चर्चित यूएईका अलराउण्डर हुन् रोहन मुस्तफा। नेपाली घरेलु फ्रेन्चाइज लिगमा समेत आएर नेपालसँग दोस्ती बढाएका मुस्तफा नेपाली टिकटक बनाउनेदेखि मैदानमा नेपाली खेलाडीसँग भिडेर चर्चामा रहन्छन्। चर्चाका केन्द्रमा रहने उनी बरु मैदानमै झगडा गर्न उत्रन्छन् र गाली खान्छन्, तर, बदनाम हुन चाहँदैनन्।

फाइल फोटो।


यही वर्षको कुरा गर्दा सन्दीप लामिछाने, रोहित कुमार पौडेल र आशिफ शेखसँग उनको मैदानमै घम्साघम्सी परिसकेको छ। पछिल्लो पटक एसीसी प्रिमियर कपको फाइनलमा शेख सम्म घम्साघम्सी पर्दा अरु खेलाडीले उनीहरुलाई छुट्याउनु परेको थियो।

उक्त खेलमा २ विकेट लिएर सुतेर सेलिब्रेसन गरेका थिए। नेपाली खेलाडी पनि के कम च्याम्पियन बनेपछि ट्रफी लिएर मैदानमै सुतेर फोटो खिचाउँदै 'काउन्टर' सेलिब्रेसन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell