PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

छिर्कनमा लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध, रोकिए एम्बुलेन्ससहितका सवारी साधन



पहिलोपोस्ट

छिर्कनमा लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध, रोकिए एम्बुलेन्ससहितका सवारी साधन
फोटो : कृष्ण न्यौपाने / रासस

दमौली : पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिवार वर्षाका कारण पहिरो खसेको हो।

पहिरोले बाटो बन्द भएपछि एम्बुलेन्ससहितका सवारी साधनहरु बाटोमै रोकिएका छन्। लामो तथा छोटा दुरीका सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। लेदोसहितको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।

देशभर मनसुनको प्रभाव कायमै छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell