
बुटवल : बाढी पूर्वानुमान महाशाखाले रुपन्देहीको तिनाउ खोलालगायत पाल्पाका अन्य स-साना खहरे खोलामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ।
रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तरको भारी वर्षाले तिनाउमा जल सतहले सतर्कता तह पार गरेको छ। शनिवार बिहान सतर्कता सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको जनाएको छ।
तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने स्थानको लागि दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।