PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको गरे अवलोकन



पहिलोपोस्ट

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको गरे अवलोकन
फोटो : रासस

छेन्दु (चीन) : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिवार भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन्।

सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो। चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ।

सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो। भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा भएको पुनःनिर्माण तथा भूकम्पको अध्ययन अवलोकन गर्नका लागि वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell