
काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्दैमा पार्टी रुपान्तरण नहुने बताएका छन्। नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, युवा, विद्यार्थीको भूमिका विषयक विचार गोष्ठीमा राठौरले पार्टीका महामन्त्रीद्वयले सभापतिको विरोध गरेर रुपान्तरणको नारा लगाइरहेको आरोप लगाए।
महामन्त्रीद्वयले बाहिर पार्टी नेतृत्वको बिरोध गरेपनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको दाबी गरे। 'दुई जना महामन्त्रीहरुले सभापतिलाई कन्फिडेन्समा लिएर काम गर्नुपर्नेमा पार्टीका चोक चोकमा बसेर विरोध गर्दै हिड्ने काममात्रै गरे,' सहमहामन्त्री राठौरले भने।
नेतृत्वको आलोचना गर्नेले पार्टी बनाउन सक्नुपर्ने नेता राठौंरको भनाई छ।