PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

शाहरुखको 'जवान', कतिमा बिक्यो म्युजिक राइटस्?



पहिलोपोस्ट

शाहरुखको 'जवान', कतिमा बिक्यो म्युजिक राइटस्?

फिल्म अनाउन्मेन्टदेखि नै चर्चामा रह्यो शाहरुख खान स्टारर 'जवान' जसको निर्देशक हुन् दक्षिण भारतीय एट्ली कुमार। पछिल्लो पटक जवानको गीतको विषय चर्चामा छ। फिल्ममा प्रयोग भएको म्युजिकको सर्वाधिकार महँगोमा बिक्री भएको छ। फिल्मको म्युजिकको राइट २५ देखि ३० करोडमा बिक्री भएको स्रोतलाई उद्धृत गर्दै बलिउडहंगामाले जनाएको छ। त्यसो त ३६ करोडमा बिक्री भएको चर्चा पनि जारी नै छ।  कोइमोइका अनुसार फिल्मको म्युजिक राइटस् केजीएफ २, आरआरआर र ब्रम्हास्त्र भन्दा दोब्बर धेरैमा बिकेको हो।

शाहरुखका अलावा फिल्ममा दक्षिण भारतीय स्टार विजय सेतुपथी र नयनतारा पनि लिड रोलमा छिन्। 

जवान पछिल्लो समय बहुप्रतिक्षित फिल्म हो। बलिउड र दक्षिण भारतीयको संयुक्त प्रोजेक्ट भएकाले मात्र फिल्मले हाइप क्रियट गरेको होइन। फिल्मका कलाकार पनि त्यसको प्रमुख कारण हुन्। 

त्यसो त बिग व्यानरको फिल्मले म्युजिकको २० देखि २५ करोडमा राइट बिक्री गर्दै आएका हुन्। तर यस फिल्मको भने ३६ करोड भनेर चर्चा भयो जसलाई बलिउड हंगामाको स्रोतले सत्य नभएको जनाएको छ। तर २५ देखि ३० करोड मा म्युजिक राइट बिक्री हुनु आफैँमा नयाँ रेकर्ड कायम हुनु हो। 

सेप्टेम्बर ७ मा रिलिज हुने फिल्मको बज भने अहिलेदेखि नै सुरु भइसकेको छ। केही दिनमा नै फिल्मको टिजर सार्वजनिक हुने तयारी छ। फिल्म रिलिजको दुई महिना अघिदेखि एग्रेसिव मार्केटिङ हुने गर्छ। जसका लागि जवानले काम थालिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell