PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दोभानमा ढुंगा र लेदोसहितको पहिरो झर्‍यो, बुटवल-पाल्पा सडक अवरुद्ध



पहिलोपोस्ट

दोभानमा ढुंगा र लेदोसहितको पहिरो झर्‍यो, बुटवल-पाल्पा सडक अवरुद्ध
फाइल फोटो।

बुटवल : दुई दिनदेखि परेको अविरल वर्षाले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केही समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ।

सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन बिचबाटोमै रोकिएका छन्।

बुटवल-पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ। पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell