PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

भारत र कुवेत साफ च्याम्पियनसिपको फाइनलमा भिड्ने, बंगलादेश र लेबनान सेमिफाइनलबाट बाहिरिए



पहिलोपोस्ट

भारत र कुवेत साफ च्याम्पियनसिपको फाइनलमा भिड्ने, बंगलादेश र लेबनान सेमिफाइनलबाट बाहिरिए
Photo: AIFF

काठमाडौँ: जारी संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा भारत र कुवेत भिड्ने भएका छन्। शनिवार सम्पन्न साफ च्याम्पियनसीपको सेमिफाइनल खेलहरुमा कुवेतले बंगलादेशलाई र भारतले लेबनानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्।

भारतको बेङ्ग्लुरुस्थित श्री कान्तिराव स्टेडियममा सम्पन्न खेलमा कुवेतले बंगलादेशलाई १-० गोलअन्तरले हरायो। निर्धारित ९० मिनेटको समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। जसमा कुवेतका अब्दुल्लाह अल बुलोउसीले १०५ औँ मिनेटमा निर्णायक गोल गरे।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भारत र लेबनानबीचको खेल पनि गोलरहित बराबरीमा रोकियो। त्यस्तै अतिरिक्त समयमा पनि दुबै टोली गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा भारतले ४-२ गोलअन्तरको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो।

फाइनल खेलमा मंगलवार भारत र कुवेत उपाधिका लागि उत्रनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell