
काठमाडौं : राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बिचमा फसेका चार जनालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ। जङ्गलमा बाख्रा चराउन गएका ६ जना मध्ये चार जनाको उद्धार गरिएको हो। दुई जनाको उद्धार गर्ने प्रयास भइरहेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो। उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन्।