PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

प्रतिनिधिसभामा आज आर्थिक विधेयकमाथि छलफल हुने, यस्तो छ कार्यसूची



पहिलोपोस्ट

प्रतिनिधिसभामा आज आर्थिक विधेयकमाथि छलफल हुने, यस्तो छ कार्यसूची
तस्विर : रासस

काठमाडौं : आज बस्ने प्रतिनिधिसभा बैठकमा 'आर्थिक विधेयक २०८०' माथि छलफल हुँदैछ। प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा 'आर्थिक विधेयक २०८०' माथि प्राप्त संशोधनहरु निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले 'आर्थिक विधेयक २०८०' लाई पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्। यस्तै, उनले 'राष्ट्रिय ऋण उठाउने विधेयक,२०८० माथिको दफावार छलफल सदनमा गरियोस्' भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछन्।

आजकै बैठकमा 'राष्ट्रिय ऋण उठाउने विधेयक, २०८०' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्थमन्त्री महतले सो विधेयकलाई पनि परित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell